टी ट्वाटी क्रिकेट: युएई सामु नेपालले दियो १६३ रनको लक्ष्य

टी ट्वाटी क्रिकेट: युएई सामु नेपालले दियो १६३ रनको लक्ष्य

भीम विश्वकर्मा

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले युएइलाई १६३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । २९ बलको सामना गरेका उनले ६ चौका र ३ छक्काको मद्दतमा ५० रन जोड्दा करण केसीले अविजित २३ रन जोडे । दिपेन्द्रसिंह ऐरीले २०, रोहित पौडेलले १८, सोमपाल कामी १३ तथा सन्दिप जोराल १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

युएइका आयान अफजल खानले सर्वाधिक ३ विकेट लिए । अलि नासिर र जाहुर खानले समान दुइ दुइ तथा जुनेद सिद्दकीले एक विकेट लिए । युएइले अहिले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

त्यस्तै, नेपालले हङकङलाई पनि दुवै खेलमा पराजित गरेको थियो । नेपालले हङकङलाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।