भारतको लगातार चार खेलमा जित

भारतको लगातार चार खेलमा जित

कहिरन

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारतले लगातार चार खेलमा जित निकालेको छ।

बिहीबार भएको खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गर्‍यो। पुनेमा बंगलादेशले दिएको २५७ रनको लक्ष्य भारतले ४१.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

भारतको जितमा प्लेयर अफ दि म्याच विराट कोहलीले नटआउट १०३ रन जोडे।  उनले ९७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

त्यसअघि कप्तान तथा ओपनर रोहित शर्माले ४८ रन र शुभमन गिलले ५३ रन जोडेका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २५६ रन जोड्यो। बंगलादेशका लगि ओपनरद्वय तान्जिद हसनले ५१ रन र लिन्टन दासले ६६ रन जोडे।

बलिङमा भारतका जसप्रित बुमराह, मोहमद सिराज र रविन्द्र जडेजाले २-२ विकेट लिए।

अंक तालिकाको शीर्ष टिम भारतको ८ अंक छ भने बंगलादेशले चार मध्ये एक खेलमा मात्र जित निकाल्दै २ अंक जोडेको छ।