विश्वकप क्रिकेटमा आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिका भिड्दै

विश्वकप क्रिकेटमा आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिका भिड्दै

कहिरन

काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिका भिड्दैछन् ।

हिमाञ्चल प्रदेशको धर्मशालामा दिउँसो सवा २ बजे यो खेल सुरु हुनेछ । जारी विश्वकपमा नेदरल्याण्ड्स पहिलो जितको खोजीमा छ भने दक्षिण अफ्रिका दोस्रो जितको खोजीमा छ ।

यसअघि हिजोको खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलो जित हात पारेको थियो । जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३५ ओभर २ बलमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको थियो ।

लिग चरणको चाथो खेलमा अष्ट्रेलियाले शुक्रबार पाकिस्तानसँग खेल्नेछ । लगातार तिन खेल हारेको श्रीलंकाको भने शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।