विश्वकप क्रिकेटमा आज श्रीलंका र अष्ट्रेलिया भिड्ने

विश्वकप क्रिकेटमा आज श्रीलंका र अष्ट्रेलिया भिड्ने

कहिरन

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा आज श्रीलंका र श्रीलंका अष्ट्रेलिया भिड्नेछन् ।

दुबै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । १० टोली सहभागि प्रतियोगितामा अंक बिहिन अष्ट्रेलिया पुछारमा छ भने श्रीलंका आठौं स्थानमा रहेको छ । श्रीलंकालाई भने पहिलो खेलमा दक्षिण अफ्रिका तथा दोस्रोमा खेलमा पाकिस्तानले हराएको हो । पहिलो खेलमा आयोजक भारतसँग पहिलो खेलमा हारेको अष्ट्रेलिया दोस्रो खेलमा भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

हिजो भएको खेलमा अफगानिस्तानले इंग्ल्यान्डलाई रोमान्चक झट्का दिएको छ । गए राति दिल्लीमा भएको खेलमा इंग्ल्याण्डलाई अफ्गानिस्तानले ६९ रनले हराएको थियो । यो सँगै अफ्गानिस्तानले एक दिवसिय विश्वकप क्रिकेटमा जितको खाता खोल्न सफल भएको  छ । तीन खेलमा अफ्गानिस्तानको यो पहिलो जित हो भने इंग्ल्याण्डको दोस्रो हार हो ।