मूलपानी क्रिकेट मैदानको नाम ‘जयकुमारनाथ शाह’

मूलपानी क्रिकेट मैदानको नाम ‘जयकुमारनाथ शाह’

कहिरन समाचार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेको छ । क्यानको बैठकले मूलपानीको नाम पूर्व अध्यक्ष जयकुमारनाथ शाहको नामबाट राख्ने निर्णय गरेको हो ।

उक्त मैदानको नयाँ नाम ‘जयकुमारनाथ शाह (जेकेएनएस) मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ नामकरण गरिएको छ । पूर्व अध्यक्ष शाहको सम्मानमा नामकरण गर्ने निर्णय भएको क्यानले जनाएको छ । नेपालमा दरबारभित्र सीमित क्रिकेटलाई शाहले नै आमनागरिकको पहुँचमा ल्याएका थिए ।

उनले नै क्यानलाई साझा संस्थाका रूपमा विकास गरेका थिए । शाहकै नेतृत्वमा नेपाल सन् १९८८ मा आईसीसीको एफिलिएटेड सदस्य बनेको थियो भने एशोसिएट सदस्यमा बढुवा भएकै वर्ष १९९६ मा नेपालले पहिलो पटक मलेशियामा एसीसी ट्रफी खेलेको थियो ।

त्यस्तै, क्यानको बैठकले जिल्ला र प्रदेश अधिवेशनको पनि मिति तय गरेको छ । साउन मसान्तसम्म जिल्ला अधिवेशन र भदौ २० सम्म प्रदेश अधिवेशन गरिसक्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन भने आउँदो असोज ५ र ६ गते हुने भएको छ ।