भारतलाई हराउँदै अष्ट्रेलिया बन्यो टेस्ट च्याम्पियन

भारतलाई हराउँदै अष्ट्रेलिया बन्यो टेस्ट च्याम्पियन

कहिरन समाचार

काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधी अष्ट्रेलियाले हात पारेको छ । बेलायतको ओभलमा भएको फाइनलमा भारतलाई २०९ रनले हराउँदै अष्ट्रेलियाले उपाधी जितेको हो ।

जितका लागि ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत २ सय ३४ रनमा समेटियो । भारतका लागि विराट कोहलीले सर्बाधिक ४९ रनको योगदान गरे । अजिन्क्या रहाणेले ४६ तथा रोहित शर्माले ४३ रन जोडे । चेतेश्वर पुजाराले २७ तथा श्रीकर भरतले २३ रन जोडे ।

भारतलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ अस्ट्रेलियाका स्कट बोल्यान्ड र नाथन लायनले ३/३ विकेट लिए ।

पछिल्लो १० वर्षदेखि भारतले आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकेको छैन । अष्ट्रेलियाले खेलेका १९ खेलमध्ये ११ मा जित निकाल्दा ३ खेलमा पराजय भोगेको छ । ५ खेल भने बराबरी खेलेको छ ।