पहिलो सिजनमै चर्च ब्वाइजलाई उपाधी

पहिलो सिजनमै चर्च ब्वाइजलाई उपाधी

कहिरन समाचार

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधी चर्च ब्वाइज युनाईटेडले हात पारेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगाशालामा मंगलबार भएको खेलमा थ्रीस्टारसंग बराबरी खेल्दै चर्च ब्वाईजले पहिलो सिजनमै उपाधी उचालेको हो ।

चर्च ब्वाईजले सी डिभिजन छनोटदेखि ए डिभिजनसम्म लगातार च्याम्पियन बन्ने दुर्लभ इतिहास बनाउने दोस्रो टिमको रुपमा समेत आफुलाई उभ्याएको छ । यसअघि मनाङ मस्र्याङ्दी क्लबले डी देखि ए डिभिजनसम्म लगातार च्याम्पियन बनेर इतिहास बनाएको थियो ।

यस बराबरीसँगै च्याम्पियन बनेको चर्च ब्वाइजको २५ खेलबाट ४६ अंब पुगेको छ । चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारलाई भने रेलिगेसनको दवाव कायमै छ ।

मंगलबारै भएको खेलमा एफसी खुमलटारले सशस्त्र प्रहरीको एपिएफलाई हराएको छ । च्यासल खेलमैदानमा भएको खेलमा खुमलटारले एपिएफमाथि ३–१ को जित निकालेको हो ।

खुमलटारको जितमा मेसुके ओलेमाओ दुई तथा स्टेफन बिनोङले एक गोल गरे । एपिएफकालागि सनिश श्रेष्ठले एक गोल फर्काए ।

बिभिागिय टोली पुलिस र आर्मीले भने बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्समा भएको खेलमा दुबै टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

पुलिसका लागि अहमद हिजाजी र आर्मीका लागि दिनेश हेन्जेनले गोल गरे । लिग अन्तर्गतको मंगलबार साँझ भएको चौथो खेलमा सातदोबाटाले जावलाखेललाई एक शुन्यले हराएको छ ।