ए डिभिजन लिग: आज तीन खेल हुँदै

ए डिभिजन लिग: आज तीन खेल हुँदै

कहिरन समाचार

काठमाडौं । ए डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ । दुई खेल दशरथ रंगशाला र एक खेल च्यासन मैदानमा हुनेछ ।

दिउँसो ३ बजे दशरथ रंगाशालामा हुने खेलमा चर्च ब्वाइज र फ्रेण्डस् क्लबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेलमा चर्च ब्वाइज छैटौँ जितको खोजीमा हुँदा फ्रेण्डस् क्लब पाँचौँ जितको खोजीमा हुनेछ ।

जारी खेलमा चर्च ब्वाइज २१ औं स्थानमा रहँदा फ्रेण्ड्स १५ औँ स्थानमा रहेको छ । यस्तै दशरथ रंगशालामै ६ बजे नेपाल आर्मी र मनाङ मर्स्याङ्दी भिड्ने छन् । नेपाल आर्मी आज छैटौँ जितको खोजीमा हुँदा मनाङ पाँचौँ जितको लक्ष्यमा हुनेछ । त्यस्तै च्यासल फुटबल मैदानमा हिमालयन शेर्पा र सातदोबाटोबीच खेल हुनेछ ।

यी दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । १३ खेलमा ६ जित निकालेको सातदोबाटो आज सातौँ जितको खोजीमा हुनेछ । सातदोबाटो १३ खेलमा ६ जित निकाल्दै २२ अंकसहित तेस्रो स्थानमा छ । हिमालयन शेर्पा आज चौथो जितको खोजीमा रहनेछ ।