आर्सनलले चेल्सीलाई हरायो

आर्सनलले चेल्सीलाई हरायो

कहिरन समाचार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई हराएको छ । मंगलबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ३-१ गोल अन्तरले हराएको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गरे । गाब्रियल जिससले एक गोल थपे ।

चेल्सीका नोनी माडेउकेले एक गोल फर्काए ।

जितसँगै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले ३४ खेलमा ७८ अंक जोडेको छ ।

चेल्सी ३३ खेलमा ३९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।