एसीसी प्रिमियर कप: फाईनलमा नेपाल र युएई भिड्ने

एसीसी प्रिमियर कप: फाईनलमा नेपाल र युएई भिड्ने

कहिरन समाचार

काठमाडौं । घरेलु टोली नेपाल र युएई एसीसी प्रिमियर कप क्रिकेटको फाईनलमा प्रबेश गरेका छन् ।

आज भएको दुबै सेमिफाईनल खेल बर्षाका कारण अबरुद्ध हुँदा नेपाल समुह बिजेताको रुपमा फाईनलमा पुगेको हो भने डकवर्थ लेवीस पद्धतीमा कुबेतलाई २ रनले हराउँदै युएईले फाईनलमा स्थान बनाएको हो ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले बर्षाका कारण ४२ ओभरमा छोट्टाईएको खेलमा निर्धारित ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायोे ।

नेपालका लागी कप्तान रोहित पौड्यालले सर्बाधिक ९४ रनको योगदान गरे । कुशल मल्लले ५७ तथा कुशल भुर्तेलले ४३ रनको योगदान गर्दा आशिफ शेख ३१ रनमा पेभेलियन फर्किए । आरिफ शेख १९ रनमा रन आउट हुँदा दिपेन्द्र सिं ऐरीले खातानै खोल्न सकेनन् ।

२८२ रनको लक्ष्य पछ्याएको कुबेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदा जम्मा ३७ रन जोड्यो । कुबेतलाई सस्तैमा समेट्ने क्रममा करण केसी एक्लैले ५ विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।

ओमान र कुबेतले तेस्रो स्थानका लागि भोली किर्तिपुरमा प्रतिस्पर्धा गर्नेछ । उपाधीका लागी भने नेपाल र युएईबीच सोमबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा प्रतिस्पर्धा हुनेछ । बिजेता टोलीले एसिया कपमा स्थान बनाउने छ ।