एसीसी प्रिमियर कप आजबाट, उदघाटन खेलमा नेपाल र मलेसिया खेल्ने

एसीसी प्रिमियर कप आजबाट, उदघाटन खेलमा नेपाल र मलेसिया खेल्ने

कहिरन समाचार

काठमाडौं । एसीसी प्रिमियर कप आजबाट सुरु हुदैछ । आज उद्घाटनको दिन दुई खेल हुदैछ ।

टियु मैदान कीर्तिपुरमा आयोजना हुने उदघाटन खेलमा घरेलु टोली नेपाल र मलेसियाबीच खेल हुदैछ । खेल बिहान नौ बजे सुरु हुनेछ ।

यस्तै काठमाडौंको मुलपानी मैदानमा हुने खेलमा हङकङ र सिंगापुरबीच खेल हुदैछ । यो खेल मुलपानी मैदानमा आयोजना हुने पहिलो अन्तराष्ट्रिय खेल पनि हो । खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।

प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।