लिभरपुलको फराकिलो जित

लिभरपुलको फराकिलो जित

कहिरन समाचार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले युनाईटेडलाई फराकिलो अन्तरले हराएको छ । सोमबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाईटेडलाई ६-१ गोल अन्तरले हराएको हो ।

खेलको ३५ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए ।

४७ औं मिनेटमा लुइस सिनिस्टेराले गोल गर्दै लिड्सलाई २-१ को स्थितिम्मा ल्याए ।

खेलको ५२ औं मिनेटमा डिएगो जोटाले गोल गर्दा लिभरपुल ३-१ ले अघि रह्यो । ६४ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४-१ को बनाए ।

खेलको ७३ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ५-१ ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई ६-१ को जित दिलाए ।

जितसँगै लिभरपुलले ३० खेलमा ४७ अंक जोडेको छ । लिभरपुल आठौं स्थानमा रहेको छ । लिड्स ३९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।