पीएनजीमाथि नेपालको सानदार जीत

पीएनजीमाथि नेपालको सानदार जीत

कहिरन समाचार

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई हराएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार नेपालले पीएनजीलाई ५२ रनले  हराएको हो ।

नेपालले दिएको २ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ४५ रनमा समेटियो ।

पीएनजीका लागि नर्मन भानुवाले ५५ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । भानुवाले ३ चौका र ४ छक्का प्रहार गरे । ओपनर टोनी उराले ४४ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । ९ चौका प्रहार गरेका उरा सन्दीप लामिछानेको बलमा आउट भए ।

कप्तान असद भाला ४२ रन बनाउँदै कुशल मल्लको बलमा आउट भए । ओपनर किप्लिन डोरिगा २६ रनमा रन आउट भए । राईली हेरुकेले २० रन बनाउँदा चाल्स अमिनीले १४ रन बनाए ।

पीएनजीलाई सस्तैमा रोक्न नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

सन्दीपले १० ओभरमा ३७ रन खर्चिएर ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ९ ओभर १ बलमा ३७ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ६० रन खर्चिएर विकेट लिएका हुन् ।