लिग टू: यूएईविरुद्ध नेपालले दियो २३० रनको लक्ष्य

लिग टू: यूएईविरुद्ध नेपालले दियो २३० रनको लक्ष्य

कहिरन समाचार

काठमाडौँ । आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले युएईलाई २ सय ३० रनको लक्ष्य दिएको छ । दुबईमा जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रनको बनायो ।

नेपालका लागि भीम सार्कीले अर्धशतक पुरा गरे । उनी ९९ बलमा ७० रन बनाउँदै आउट भए । सार्कीले सन्दीप लामिछानेसँग मिलेर छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । लामिछाने २७ रनमा आउट भए ।

कुशल मल्ल ३२ तथा करन केसी १७ रनमा आउट भए । यस्तै ज्ञानेन्द्र मल्लले ११, आसिफ शेख ६, दीपेन्द्रसिंह ऐरीले ४ र कप्तान रोहित पौडेल एक रन बनाएर आउट भए ।

युएईका जुनैद सिद्दिकीले ३, रोहन मुस्तफा र आर्यन लकराले २÷२ तथा कार्थिक मेइयाप्पनले एक विकेट लिए ।

जारी प्रतियोगितामा नेपाल ३१ खेलबाट ३० अंक जाडेर छैटौँ स्थानमा छ । समान खेलबाट एक अंक बढी बनाएको युएई पाँचौ स्थानमा छ ।

अब बाँकी रहने ४ खेल भने मार्च ९ देखि त्रिवि त्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् । कीर्तिपुरमा पनि नेपाल, युएई र पपुवा न्यूगिनीबीचको त्रिदेशीय सिरिज हुनेछ । नेपालले लिग टूमा खेल्न बाँकी ५ मध्ये सबै खेल जित्न सके सिधै एक दिवसीय विश्वकप छनोटमा स्थान बनाउने छ । शीर्ष तीनभित्र पर्न नसके क्वालिफायर खेल्नुपर्ने छ ।