बेटिससँग रियलको बराबरी

बेटिससँग रियलको बराबरी

कहिरन समाचार

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियलले रियल बेटिससँग गोलरहित बराबरी खेलेको हो ।

बेटिसको मैदानमा पाएको अवसरलाई गोल गर्न नसक्दा रियल रोकिएको हो । खेलको १२ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपनि भीएआरले उनको गोललाई मान्यता दिएन ।

यस बराबरीसँगै रियलले २४ खेलमा ५३ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । बेटिस ४१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

अर्को खेलमा एथ्लेटिक बिल्बाओले रायोभालेकानोसँग गोलरहित बराबरी खेलेको छ ।