डर्टमण्डको जित

डर्टमण्डको जित

कहिरन समाचार

बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले वेर्डेर ब्रेमेनलाई २–० गोल अन्तरले हराएको हो ।

डर्टमण्डको जित दिलाउन खेलको ६७ औं मिनेटमा जेमीले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८४ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई २–० को जित दिलाए ।

जितसँगै डर्टमण्डले २० खेलमा ४० अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । यता ब्रेमेन २७ अंक जोडेर ९ औं स्थानमा छ ।