सरकारले प्लाष्टिकको मालामा प्रतिबन्ध लगायो

सरकारले प्लाष्टिकको मालामा प्रतिबन्ध लगायो

कहिरन समाचार

साउन १२, काठमाडौँ । सरकारले देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

राजपत्रमा सूचना प्रकाशन भएसँगै अब नेपालभर प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध मानिनेछ । मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय गरेको जनाएको छ ।

यसअघि १ भदौबाट लागू हुने गरी वातावरण विभागले देशभर ४० माइक्रोन भन्दा पातला प्लास्टिकका झोलाको प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।