टिकटक मार्फत जुवा खेलाएकोमा ४ जना पक्राउ

टिकटक मार्फत जुवा खेलाएकोमा ४ जना पक्राउ

कहिरन समाचार

२८ पुस, काठमाडौं । टिकटक लाइभमार्फत अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।प्रहरीले दाङको राप्ती गाउँपालिका–३ घर भई ललितपुरको ग्वार्को बस्ने २१ वर्षका ऋषिप्रकाश योगीलाई ग्वार्कोबाट, भक्तपर सूर्यविनायक नगरपालिका–१० का २७ वर्षका कपिल गिरीलाई सूर्यविनायकबाट पक्राउ गरेको छ ।

त्यस्तै भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ का २१ वर्षका प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका–६ भई भक्तपुरको थिमी बस्ने २० वर्षका डिल्लीराज अवस्थीलाई भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको हो ।

उनीहरुले टिकटक लाइभमा जुवा खेलाई आफ्नो ईसेवा खाातामा रकम जम्मा गर्न लगाएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनीहरुबाट प्रहरीले जुवा खेलाउन प्रयोग गरेको तास पनि बरामद गरेको छ ।