पाल्पा दुर्घटनामा ६ जना यात्रुको मृत्यु भएकोमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

पाल्पा दुर्घटनामा ६ जना यात्रुको मृत्यु भएकोमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

कहिरन समाचार

पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । साथै उनले सार्वजनिक यातायात सुरक्षित बनाउन भूमिका खेल्न पनि सबैमा आग्रह गरेका छन् ।

दुर्घटनालाई लक्षित गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् -‘गए राति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दछु, मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपिल गर्दछु।’

दुर्घटनामा ६ जनाको मृत्यु हुनुको साथै अन्य १८ जना यात्रु घाइते भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।