आरआरमा खुकुरी प्रहार

आरआरमा खुकुरी प्रहार

कहिरन समाचार

स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरुबीच विवाद हुँदा प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार भएको छ ।

खुकुरी प्रहारबाट केही विद्यार्थी नेताहरु घाइते भएका छन् । सिंहदरबार प्रहरी परिसरका एक प्रहरीका अनुसार तीन जना घाइते भएका छन् ।

अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा खुकुरी प्रहार भएको हो ।  संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको थियो ।