कीर्तिपुरमा डकैती गरेर भागेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ

कीर्तिपुरमा डकैती गरेर भागेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ

कहिरन समाचार

काठमाडौंको कीर्तिपुरमा डकैती गरेर भागेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर स्थित टुसालमा बस्ने नारायण बस्नेतको घरमा २०७९ साउन २४ मा बिहान लुटेरा समूहले ३५ तोला सुनका गहना, हिरा र नगद लुटेर भागेका थिए ।

सो लुटमा संलग्न मुख्य योजनाकार ललितपुरको गोदावरी बस्दै आएका ५१ वर्षीय सानुकान्छा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । चन्द्रागिरि नगरपालिका–१ वाणभञ्याङ घर भएका सानुकान्छाको पृष्ठभूमि पनि आपराधिक छ ।

२०५४ सालपछि उनी चोरी मुद्दामा ५ वर्ष जेल बसेर छुटेका थिए । जेल छुटेपछि उनी पटक–पटक डाँका मुद्दामा फरार देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । सानुकान्छा माथि प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।