एकै परिवारका ३ जना मृत

एकै परिवारका ३ जना मृत

कहिरन समाचार

बाराको प्रसौनी गाँउपालिका वडा नं ५ मा  एकै परिवारका तीन जना मृत भेटिएका छन् । मृतकमध्ये २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रसौनी गाँउपालिका वडा नं ५ प्रस्टोका नजिकै ढोरा खोला किनार तीन जनाको शव फेला परेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्  । आज दिउँसो साढे २ बजेतिर घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी उपरीक्षक बोगटीले बताए ।