सडक भासिएपछि तातोपानी आउ–जाउ गर्ने बाटो बन्द

सडक भासिएपछि तातोपानी आउ–जाउ गर्ने बाटो बन्द

कहिरन समाचार

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ डाक्लाङमा सडक भासिएपछि आउ–जाउ बन्द भएको छ । आज बिहान करिब सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको हो ।

सडक मर्मत गरेर यातायातका साधन सन्चालन गर्न सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

यसैगरी कास्कीको हेमजादेखि लाहाचोक, घाचोक लगायतका स्थानमा पहिरो खसेका कारण सवारी आवागमन प्रभावित भएको छ ।

यसैगरी पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका ४ मा आज बिहान २ बजे खसेको पहिरो आज बिहान पन्छाइएको छ । पहिरो पन्छाइएसँगै सवारी साधन एक लेनमा आलोपालो चल्न थालेका छन् । पहिरो पूर्णरुपमा हटाएर सवारी साधन दुईतर्फी सञ्चलन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ नौनीबगरमा खसेको पहिरोका कारण बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको छ ।