मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले कारबाही

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले कारबाही

कहिरन समाचार

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । आइतबार बिहान चेकजाँचका क्रममा विभिन्न स्कुलका पाँचजना चालकहरूले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको पाइएको प्रहरीको भनाइ छ ।

ट्राफिक प्रहरीले गत ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान चलाउँदै आएको छ । आइतबार मात्र १६ वटा स्कुल बसलाई  विभिन्न कसुरमा कार्यालयले नियमानुसार कारबाही गरेको छ । उक्त चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।