पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

कहिरन समाचार

काभ्रेको बेथानचोक गाउँपालिकामा गएराती खसेको पहिरोमा परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–४ चलालमा गएराती परेको वर्षाका कारण खसेको पहिरोले एक घर पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजेर ३० मिनेट जाँदाको समयमा बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित ढुंगा खानी नजिकै पहिरो खसेको थियो । उक्त पहिरोले घर पुरिँदा सो घरमा सुतिरहेका ६५ वर्षीया ठुलीमाया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो ।

निर बहादुर र सावित्रीको घटना स्थलमा नै मृत्यु भएको थियो भने ठुलीमायाको उपचारका क्रममा मृत्यु भएको थियो ।