चान्सुको भ्रमणले उपत्यकाको सवारी आवागमन प्रभावित

चान्सुको भ्रमणले उपत्यकाको सवारी आवागमन प्रभावित

कहिरन समाचार

नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण आज काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।  बिहान पौने ९ बजे यता रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा गाडीको आवागमन प्रभावित भएको छ ।

लीले अहिले नयाँ बानेश्वरमा रहेको सङ्घीय संसदमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग भेटवार्ता गर्दैछन् । यस्तै, उहाँले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने तयारी छ । भेटवार्तापछि उहाँ फर्कने समय बिहान साढे ११ बजेको आसपासमा तीनकुने,  नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल,  टेकु, कालीमाटी, सोल्टी होटल र रविभवनसम्म गाडीको आवागमन  प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यसैगरी  दिउँसो साढे ३ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली ,  माइतीघर, बबरमहल, सिंहदरबार,  भद्रकाली,  पद्मोदयमोड आसपासका क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने भएको छ ।

दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि गाडीको आवागमन प्रभावित हुनेछ  । यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।