बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर एक महिलाको मृत्यु भएको छ ।
गए राति आगलागीमा परेकी ७५ कि सोहनी थारुको आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया