काठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु

काठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु

कहिरन समाचार

काठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा स्थानिय भाषामा यःसी भनिने लिङ्गो बिहान ७:१७ को साइतमा ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो ।

भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए । यो लिङ्गो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु भएको छ ।

एक सातासम्म चल्ने इन्द्र जात्राको मुख्य दिन आगामी मंगलबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ । सोही दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा छ । यसै अवसरमा केन्द्रिय मानन्धर संघले पहिलो पटक ६४ जना कन्याको पूजा पनि गरेको छ ।