टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

कहिरन

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेपलान्चोकको रोशी गाउँपालिका-१०  घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली छन्।

गएराति १०:४७ बजे मध्यपुर थिमी नगरपालिका-२ सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बहाखाबाट आउँदै गरेको बा ४ ख २३४७ नम्बरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर ढुंगानाका अनुसार टिपरको ठक्करबाट विशाल गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर पुर्‍याइएकोमा गएराति ११:२१ बजे मृत्यु भएको हो।

टिपर चालक धादिङको थाक्रे गाँउपालिका-७ घर भई

हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने ४२ वर्षीय सुरेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर  प्रहरी वृत्त ठिमीमा राखेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए।