हेटौँडामा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु

हेटौँडामा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु

कहिरन

हेटौँडामा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार साँझ धरान चतरा सडकअन्तर्गत हेटौँडा–१७ बाबुचोकमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठुलो दमारबाट हटिया तर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल यात्री ४३ वर्षीय गोपिनी विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका विश्वकर्माको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने स्कुटर र स्कुटर चालक हेटौँडा–१ का ३५ वर्षीय ईलेश श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए ।