दार्चुला र सिन्धुपाल्चोकमा पहिरोका कारण सडक अवरुद्ध

दार्चुला र सिन्धुपाल्चोकमा पहिरोका कारण सडक अवरुद्ध

कहिरन समाचार

दार्चुला र सिन्धुपाल्चोकमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।  दार्चुलाको महाकाली नगरपालिका–७ धापस्थित दार्चुला गोकुलेश्वर सडक–खण्डमा वर्षाका कारण शुक्रबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

प्रहरी चौकी धापबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ डाक्लाङस्थित अरनिको राजमार्गमा वर्षाको कारण शुक्रबार बिहान सडक भासिन गई सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

प्रहरी चौकी फुल्पिङकट्टीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।