भारतीय सदगुरु नेपाल आउँदै

भारतीय सदगुरु नेपाल आउँदै

कहिरन समाचार

भारतीय प्रख्यात योगगुरु ​सदगुरु नेपाल आउने भएका छन् । कैलाश दर्शनका लागि १९ भदौमा सदगुरु नेपाल आउन लागेका हुन् । अघिल्लो बर्ष पनि लाप्चाबाट कैलाश दर्शन गरेका सदगुरुले यो पटक एक हजार चार सय धार्मिक पर्यटकसहित नेपाल आउन लागेका हुन् ।

चीनको स्वशासित क्षेत्रमा रहेका कैलाश जानका लागि समस्या परे पछि सदगुरुले हुम्लाको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्नेछन् । लाप्चा कैलाश दर्शन गर्नका लागि चर्चित छ ।