औषधि व्यवस्था विभागले बजारमा रहेको जिन्कोमिन-डिटी नामको औषधि फिर्ता गर्न निर्देशन

औषधि व्यवस्था विभागले बजारमा रहेको जिन्कोमिन-डिटी नामको औषधि फिर्ता गर्न निर्देशन

कहिरन समाचार

औषधि व्यवस्था विभागले बजारमा रहेको जिन्कोमिन-डिटी नामको औषधि फिर्ता गर्न निर्देशन दिएको छ।

उक्त औषधि न्यून गुणस्तरको भेटिएपछि विभागले बजारमा रहेका उक्त औषधि फिर्ता गर्न भनेको छ।

बजार अनुगमनका क्रममा उक्त औषधि न्यून गुणस्तरको रहेको पाइएको थियो।

बजारमा रहेका उक्त औषधि फिर्ता गर्ने, बिक्री वितरण नगर्ने र सोको जानकारी विभागमा गराउन पनि निर्देशन दिइएको विभागले आज जारी गरेको सूचनामा उल्लेख छ।

उक्त औषधि सिफारिस तथा बिक्री वितरण नगर्न पनि विभागले निर्देशन दिएको छ।