विष्णुमती र बल्खु खोलामा बाढी

विष्णुमती र बल्खु खोलामा बाढी

कहिरन समाचार

काठमाडौंका केही स्थानमा भारी वर्षा भइरहेको छ। विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा आइतबार बिहानदेखि निकै ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

यस्तै, बल्खुखोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भएको छ। विष्णुमती र बल्खु खोलामा जल सतह सतर्कता तह आसपास पुगेकाले बिहान ८ बजेसम्म नै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ।

बाढी बस्ती र सडक किनारसम्मै जान सक्ने भन्दै केन्द्रले किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको हो।