जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

कहिरन समाचार

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका–५ तिलकपुरस्थित भिटा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा सोही ठाउँमा ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पञ्चेश्वरबाट देहीमाडौं जाँदै गरेको से १ ज २९५ नम्बरको जिप ब्रेक फेल हुँदा सडकबाट करिब ६० मिटर तल खसेको थियो।

सो जिपमा चालकसहित १५ जना सवार थिए।

घाइते १४ जनामध्ये कुन्ती भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

उनका अनुसार गम्भीर घाइतेको थप उपचारका लागि जिल्ला अस्पतालबाट रेिफर गर्ने काम भइरहेको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको छ।