जुवातास खेलेको आरोपमा १६ जना पक्राउ

जुवातास खेलेको आरोपमा १६ जना पक्राउ

कहिरन समाचार

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लौहकिन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन् ।

उनीहरूको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

पक्राउ परेकाहरूमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका-३९ वर्षीय दिलीप गिरीले सञ्चालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरूमध्ये दुई जना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।