भिरबाट लडेर अमृत राईको मृत्यु

भिरबाट लडेर अमृत राईको मृत्यु

कहिरन समाचार

भिरबाट लडेर सोलुखुम्बुको माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ।

राईको शव शनिबार खास्तापकै चेम्सी खोलामा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भिरबाट लडेका राईको शव करिब एक सय ५० मिटर तल चेम्सी खोलामा स्थानीयले फेला पारेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।