सहमति लिएर मात्रै सडकबत्ती जडान गर्न विद्युत् प्राधिकरणको आग्रह

सहमति लिएर मात्रै सडकबत्ती जडान गर्न विद्युत् प्राधिकरणको आग्रह

कहिरन समाचार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सहमति नलिई आफूखुशी सडकबत्ती जडान नगर्न आग्रह गरेको छ । मंगलबार सार्वजनिक सूचना जारी गरी प्राधिकरणले सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न पनि आग्रह गरेको छ।

विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तानी गर्नसमेत प्राधिकरणले सो सूचनामार्फत निर्देशन दिएको छ । सडकबत्तीको मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको प्राधिकरणको सूचनामा उल्लेख छ ।

‘प्राधिकरणको सहमति नलिई विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला’, सूचनामा उल्लेख छ’, ‘सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गरी दिनुहोला ।’ सूचनामा उल्लेख छ ।