देउवाले १० महिला केन्द्रीय सदस्य मनोनित गरे

देउवाले १० महिला केन्द्रीय सदस्य मनोनित गरे

कहिरन समाचार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

मनोनित हुनेमा किरण यादव, राधा घले, धना खड्का, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्णाणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा छन् ।

कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला हुनुपर्छ । मौजुदा केन्द्रीय कार्यसमितिमा महिलाको उपस्थिति ३३ प्रतिशत नभएकाले उनीहरुलाई मनोनित गरिएको कांग्रेसका एक नेताले बताए ।