प्रधानमन्त्री‘प्रचण्डले सबै दलका प्रमुख सचेतकसँग छलफल गर्दै

प्रधानमन्त्री‘प्रचण्डले सबै दलका प्रमुख सचेतकसँग छलफल गर्दै

कहिरन समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका छन्।

आज बिहान ९ बजे बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल गर्न सचेतकहरूलाई छलफलमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार संसदको आगामी बैठकलाई प्रभावकारी रुपमा लैजान सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो।

आइतबारमात्रै सत्तारूढ दलको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। यद्यपि उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।