एकीकृत समाजवादीको सचिवालय बैठकमा घनश्याम भुसाल

एकीकृत समाजवादीको सचिवालय बैठकमा घनश्याम भुसाल

कहिरन समाचार

एकीकृत समाजवादीको सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी भएका छन् ।  आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी सचिवालय बैठकमा भुसाल पनि सहभागी भएका हुन् । एमाले त्यागेपछि भुसाल एकीकृत समाजवादीको बैठकमा पहिलोपटक सहभागी भएका हुन् ।

उनलाई एकीकृत समाजवादीले महासचिव बनाउने सर्त छ । सोही सर्तअनुसार बिहीबार सचिवालय बैठकमा भुसाल सहभागी भएका हुन् ।  जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । विशेषगरी बैठकमा राष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन केन्द्रित छलफल भइरहेको छ ।