प्रचण्डले अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने

प्रचण्डले अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने

कहिरन समाचार

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने भएका छन् । कीर्तिपुरमा हुने माओवादी निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई विहान ११ प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।

अखिल क्रान्तिकारीका ६१ पदाधिकारीलाई समयमै पुग्न निर्देशन दिएको महासचिव  दिपेश पुनले बताए । ‘प्रधानमन्त्री भएपछि पहिलो पटक प्रचण्ड कमरेडले पदाधिकारी बैठकलाई सम्बोधन गर्दै हुनहुुन्छ’ पुनले भने, ‘सबै पदाधिकारीलाई समयमै पुग्न भनिएको छ । पार्टी, सरकार र आगामी योजनाका विषयमा  प्रधानमन्त्री ज्यूले राख्नु हुन्छ ।’

अब बस्ने अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले संगठनभित्रको विवाद समेत साम्य बनाउने बताएको छ ।