कुलमान घिसिङले गृहमन्त्री रवि लामिछानेलाई बधाई

कुलमान घिसिङले गृहमन्त्री रवि लामिछानेलाई बधाई

कहिरन समाचार

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै लामिछाने गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका थिए ।  उक्त निर्वाचनमा १३ प्रत्यक्ष र ७ समानुपातिकबाट गरी २० सिट जितेर संसद्को चौथो शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । सो पार्टीका सभापतिसमेत रहेका लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीसहित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छन् ।