प्रभु साहको नयाँ पार्टीआम जनता पार्टी

प्रभु साहको नयाँ पार्टीआम जनता पार्टी

कहिरन समाचार

एमाले छाडेर स्वतन्त्र निर्वाचन लडेका प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । रौतहट ३ बाट प्रतिनिधिसभामा निर्वाचित साहले आफ्नो अध्यक्षतामा आम जनता पार्टी गठन गरेका हुन् ।बिहीबार राजधानी भेला गरेर ५१ सदस्यीय तदर्थ समिति गठन गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ ।

आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसाथ गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई आम जनता पार्टीमा रुपान्तरण गरिएको साहले जानकारी दिए ।