सीके राउतले नयाँ पार्टीहरू फस्दै गएको टिप्पणी

सीके राउतले नयाँ पार्टीहरू फस्दै गएको टिप्पणी

कहिरन समाचार

जनमत पार्टीका अध्यक्ष सीके राउतले नयाँ पार्टीहरू फस्दै गएको टिप्पणी गरेका छन् ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले सो कुरा बताएका हुन् । राउतले नयाँ सरकारमा जाने निर्णय गरेलगत्तै यस्तो अभिव्यक्ति दिएका हुन् । ‘जनताले हामीबाट ठुलो आशा गरेका हुन्छन् । खासगरी नयाँ पार्टीहरुमा त्यो आशा बढी नै हुन्छ । तर, जुन तरिकाले हामी फस्दै गरेको आभास भैरहेको स्थिति छ त्योप्रति मेरो वितृष्ण जागेको हो । मैले त्यो अभिव्यक्त पनि गरेको हो’, राउतको भनाइ छ । उनले थप भने, ‘आशा छ हामी यसबाबट कसरी बच्न सक्छौ र जनताको आशालाई कसरी कायम राख्ने भन्नेतिर हाम्रो ध्यान रहनेनैछ ।’ उनले आफुले सकेसम्म जनताको आशाप्रति खरो निर्णयको पक्षमा उभिने निर्णय लिएको पनि बताए ।

अध्यक्ष राउतले आफू मन्त्री बन्ने नबन्ने निश्चित नभए पनि पार्टी सरकारमा जाने बताए । उनले प्रदेशमा मुख्यमन्त्रीको दावी रहने भन्दै सल्लाह भइरहेको पनि बताए ।