प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा भड्किला सामान नकिन्न निर्देशन

प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा भड्किला सामान नकिन्न निर्देशन

कहिरन समाचार

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा भड्किला सामान नकिन्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री नियुक्त भएसँगै आज शपथग्रहण गर्ने तयारीमा रहेका प्रचण्डले  सचिवालयमार्फत निवास व्यवस्थापन शाखालाई यस्तो निर्देशन दिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

यता पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटारबाट बाहिरिने तयारीमा जुटेका छन् । प्रचण्डले आज अपरान्ह ४ बजे राष्ट्रपति निवासमा प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ ।