आफूले भनेअनुसार कर्मचारीले काम नगरेको मुख्यमन्त्रीको आरोप

आफूले भनेअनुसार कर्मचारीले काम नगरेको मुख्यमन्त्रीको आरोप

कहिरन समाचार

आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा कर्णाली प्रदेशमा काम गरेको रकमसमेत जनताले पाउन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले आरोप लगाएका छन् ।

असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनि पटक पटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले करोडौँ रकम नपाएको गुनासो गरेका छन् । मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा भारी मात्रा काम गरेको रकम दिन बाँकी छ भनेर प्रतिवेदन सार्वजानिक भएपछि मुख्यमन्त्री शाहीको यस्तो भनाइ आएको हो ।

कर्मचारीले आफ्नो हिसाव नमिलेपछि जनताको भुक्तानी दिन आनाकानी गरेको उनले बताए । कर्णाली प्रदेश सरकारको मताहतमा रहेका विकासे कार्यालयको भुक्तानी दिन करोडौँ रकम बाँकी रहेको समीक्षामा सुनाएको छ ।