कहिरन समाचार

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने या नहुने भन्ने विषय पार्टीको प्राथमिकतामा नपरेको बताएको छ ।

सरकार गठनबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले  सरकारमा जानुपर्ने बाध्यात्मक वा परिस्थितीजन्य अबस्थामा बाहेक कुनै पनि राजनीतिक समीकरण बनाउने वा भत्काउने खेलमा पार्टी नलाग्ने बताए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि पार्टीको यो धारणा सार्वजनिक गरिएको हो । जनताले दिएको म्याण्डेट अनुसारको भूमिकामा रहेर पार्टी अगाडि बढ्ने जसपाको दाबी छ ।