शेरबहादुर देउवा र महामन्त्री गगन थापाले मनोनयन दर्ता गराए

शेरबहादुर देउवा र महामन्त्री गगन थापाले मनोनयन दर्ता गराए

कहिरन समाचार

नेपाली कांग्रेस संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले मनोनयन दर्ता गराएका छन् ।   दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

सभापति देउवाको प्रस्तावकमा भने नेता रामचन्द्र पौडेल रहेका छन् । यस्तै समर्थकमा पूर्णबहादुर खड्का रहेका छन् ।  यसैगरी थापाको प्रस्तावकमा नेता शेखर कोइराला रहेका छन् भने समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन् । संसदीय दलको निर्वाचन बुधबार हुँदैछ ।