माओवादी पदाधिकारी बैठक

माओवादी पदाधिकारी बैठक

कहिरन समाचार

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पार्टी अध्यक्ष प्रचण्डलाई पदाधिकारी बैठकबाट सर्वसम्मत सिफारिस गर्ने बताएका छन् । आज दिउँसो २ बजे बस्ने पदाधिकारी बैठकले प्रचण्डलाई सत्ता गठबन्धनबाट प्रधानमन्त्री सिफारिसको निर्णय गर्ने गुरुङको भनाइ छ ।

शनिवार प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई औपचारिक भेटघाट गरेर प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न प्रस्ताव गरेका छन् । देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्न प्रस्ताव गरे लगतै प्रचण्डले पदाधिकारी बैठक राखेर छलफल गर्न लागेका हुन् ।

‘आज दिउँसो पदाधिकारी बैठक बस्दै छ । पदाधिकारी बैठकबाटै अध्यक्ष कमरेडलाई प्रधानमन्त्रीको सिफारिस गर्ने भन्ने छ । पार्टीबाट अरु कसैको दाबी नभएकाले निर्विकल्प उहाँ नै सिफारिस हुनुहन्छ’ गुरुङले भने ।

यस्तै पदाधिकारी बैठकले संसदीय दलको बैठक कहिले गर्ने भन्ने विषयमा समेत छलफल हुने बताएको छ । तर, पार्टी प्रवक्ता कृष्णबहादुर महराले अहिलेसम्म कुनै एजेण्डा तय भई नसकेको बताए । बैठक बसेपछि सबै एजेण्डाका विषयमा स्पष्ट हुने महराको भनाइ छ ।